स्कुटर र मोटरसाइकल ठोक्किए, बसले किचेर स्कुटर चालकको मृत्यु
सहयात्री जीवन, बुटवल । रुपन्देहीकाे बुटवलमा आज भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।
आज दिउँसो करिब १ बजेतिर बुटवलस्थित जितगढीमा लु ८३ प ४१४४ नम्बरको स्कुटर र लु ७४ प ६०१६ मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनापछि भुइँमा लडिरहेका स्कुटर चालकलाई पछाडिबाट आएको ना १ क ४१४६ नम्बरको तिलोत्तमा क्याम्पसको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
मृत्यु हुने गुल्मी भिरकोटका ३० वर्षीय मनोज थापा रहेका छन् । उनी बुटवलमै बस्दै आएका थिए ।
दुर्घटनापछि बस चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया