चीनमा उपचारपछि स्वदेश फर्किँदै वर्षमान पुन, स्वागत गर्न उपप्रधानमन्त्री श्रेष्ठ विमानस्थल पुगे
काठमाडौं । चीनमा उपचाररत रहेका पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार स्वदेश फर्किन लागेका छन् ।
विहान ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्न लागेका उनलाई स्वागत गर्न वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले विमानस्थल पुगेका छन् ।
पार्टीभित्र र सरकारमा वरियताको हिसाबले जुनियर रहेका पुनलाई स्वागत गर्न श्रेष्ठ आफै जानुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
गम्भीर जन्डिस रोगले थलिएका उनी यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा लामो समय उपचार गराएर फर्किएका थिए । गत फागुनमा स्वास्थ्यमा पुनःसमस्या देखिएपछि उपचारका लागि चीन लगिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया