आसाममा बाढीले २९ हजार मानिस प्रभावित
एजेन्सी । आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) ले बिहीबार आसामको अवस्था अझै भयावह रहेको र छ जिल्लाका करिब २९ हजार मानिस बाढीबाट प्रभावित भएको जनाएको छ ।
एएसडीएमएले आसाम र अरूणाचल प्रदेशमा लगातारको वर्षाका कारण धेरै नदीहरूमा पानीको स्तर बढ्दै गएको र लखीमपुर, धेमाजी, डिब्रुगढ, कछार, नलबारी र कामरूप (मेट्रो) जिल्लाका १० प्रशासन केन्द्र अन्तर्गत २५ गाउँ र अन्य क्षेत्रमा बाढीको पानी पसेको जनाएको छ ।
आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी प्रतिवेदन अनुसार बाढी प्रभावित जिल्लामा २१५.५७ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको छ ।
लखीमपुर जिल्लामा मात्रै एक हजार २१५ बालबालिकासहित २३ हजार ५१६ जना प्रभावित भएका छन् । एएसडीएमएका अनुसार बाढी प्रभावित लखीमपुर जिल्ला प्रशासनले तीन वटा राहत वितरण केन्द्र स्थापना गरेको छ र बाढी प्रभावितको उद्धारका लागि उद्धार टोली परिचालन गरिएको छ ।
बाढीका कारण कुखुरासहित छ हजार ३०७ पशुचौपायासमेत प्रभावित भएका छन् । बिहीबार आएको बाढीले ढेमाई, विश्वनाथ, गोलपाडा र लखीमपुर जिल्लाका चार वटा तटबन्ध र चारवटा सडकमा क्षति पु-याएको थियो।
एएसडीएमएका अनुसार विगत केही दिनयता परेको वर्षाका कारण कछार र कामरूप (मेट्रो) जिल्लामा पनि केही पहिरोका घटना भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया