युरोकप छनोट : बोस्नियामाथि पोर्चुगलको सहज जित
काठमाडौं । युरोकप छनोट खेलमा पोर्चुगलले ३–० गोलान्तरको सहज जित हात पारेको छ । गएराति सम्पन्न खेलमा बोस्निया एण्ड हर्जगोभिनालाई पराजित गर्दै पोर्चुगलले फराकिलो जित निकालेको हो ।
पोर्चुगलका बेर्नार्डो सिल्भाले खेलको ४४औं मिनेटमा पहिलो गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । ७७औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै अग्रता दोब्बर बनाए । इन्जुरी समयमा फर्नान्डेजले फेरि अर्को गोल गरेर पोर्चुगललाई ३–० को अवस्थामा पुर्याए ।
खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पनि सहभागी थिए । पोर्चुगलका लागि उनको यो १९९औं खेल हो । तर उनले यो खेलमा कुनै गोल गर्न भने सकेनन् ।
जितसँगै समूह ‘जे’ को शीर्ष स्थानमा रहेको पोर्चुगल ९ अंक बनाएको छ । बोस्निया भने ३ अंक जोडेर चौंथो स्थानमा छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया