NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

सरकारले ट्रेजरी बिल्समार्फत ३० अर्ब आन्तारिक ऋण उठाउँदै

काठमाडौं सरकारले ट्रेजरी बिल्समार्फत ३० अर्ब ८६ करोड रूपैयाँ बराबरको आन्तारिक ऋण उठाउने भएको छ ।

राष्ट्र बैंकका अनुसार ३० अर्ब ८७ करोड रूपैयाँमध्ये ७ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको  छ ।  यसको बोलकबोला सोमबार दिउसो ३ बजे हुनेछ ।

राष्ट्र बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।

राष्ट्र बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन  २०८० साल साउन २ गते परिपक्क हुने छ । ९१ दिनको लागि ९ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असोज २ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब ३३ करोड रूपैयाँको जारी गर्न लागेको छ । जुन २०८० साल पुस ३ गते परिपक्क हुनेछ ।

३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ असार ५ गते परिपक्व हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष