भोलिदेखि काठमाडौं महानगरभित्र भारतीय फिल्म प्रदर्शनमा रोक
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि (सोमबार) देखि भारतीय फिल्मको प्रर्दशन गर्न नदिने भएको छ । त्यसका लागि महानगरपालिकाले नगर प्रहरीलाई खटाएर प्रर्दशन रोक्न निर्देशनसमेत दिइसकेको महानगर स्रोतले बताएको छ ।
महानगरपालिकाको प्रमुख (मेयर) बालेन शाहले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै फिल्म ‘आदिपुरुष’ मा जानकी भारतकी छोरी हुन् भन्ने गलत संवाद सबैतिर नहटाएसम्म महानगरपालिका क्षेत्रभित्रका हलमा प्रदर्शन गर्न नदिने भन्दै सच्याउन तीन दिनको समय दिएको थियो ।
तर उक्त विवादित वाक्य हटाउनुको सट्टामा फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै विवादस्पद अभिव्यक्ति दिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया