सन्दीपको अर्को खराब प्रदर्शन
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा अर्को खराब प्रदर्शन गरेका छन् ।
आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावेविरुद्ध मैदानमा उत्रिएका उनले खराब प्रदर्शन गरेका हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा लगातार ३३ इनिङपछि उनी विकेटविहीन बनेका छन् ।
योसँगै उनको ३३ इनिङसम्मको यात्रा समाप्त भएको छ ।
आइतबारको खेलमा सन्दीपले १० ओभरमा ७७ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् ।
ओडिआई करिअरमा सन्दीपको यो दोस्रो खराब प्रदर्शन हो । यसअघि त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप लिग टू को युएईविरुद्धको अन्तिम खेलमा पनि १० ओभरमा ८० रन खर्चेर १ विकेट लिएका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया