ब्रिटिस कलेज र फिन्टेक एलायन्स नेपालबीच साझेदारी
काठमाडौं । थापाथलीस्थित द ब्रिटिस कलेज (टिबीसी) ले फिन्टेक एलायन्स नेपाल (फ्यान) सँग साझेदारी सम्झौता गरेको छ । फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ दुई संस्थाबीच शुक्रबार भिभान्ता काठमाडौंमा साझेदारी सम्झौता भएको हो ।
फिन्टेक एलायन्स नेपाल गैरनाफामुखी संस्था हो । जसले फिनटेक बजारमा सहभागीहरू र सरोकारवालाहरू बीचको सहकार्यलाई बढावा दिने काम गर्दै आएको छ । यस संस्थाले सदस्यहरूलाई आधुनिक समाधानहरूमार्फत सामूहिक रूपमा उद्योगका चुनौतीहरूलाई सम्बोधन गर्ने अवसर प्रदान गर्दै आएको छ ।
साझेदारीसँगै कलेजले फिन्टेक बजारसँगको सम्बन्धलाई सुदृढ गर्दै आफ्ना विद्यार्थीहरुको लागि पनि अवसरहरुको बाटो खोलेको छ । यस सहकार्यले विद्यार्थीहरुलाई फ्यानले गर्दै आएको मासिक कार्यक्रमहरूमा विशेष पहुँच प्रदान गर्दछ । फ्यानको मासिक कार्यक्रममा करिब १०० फिनटेक प्रोफेशनलहरुको सहभागिता रहँदै आएको छ । सो कार्यक्रममा विद्यार्थीहरुले प्रतिष्ठित स्थानीय र अन्तर्राष्ट्रिय अतिथि वक्ताहरूद्वारा सेमिनारहरूमा पहुँचको अवसर पनि प्राप्त गर्नेछन् । त्यस्तै, साझेदारीले विद्यार्थीहरुका लागि फिनटेक उद्योगभित्र इन्टर्नशिप र प्लेसमेन्ट सम्भावनाको बाटो पनि खोलिदिएको छ ।
साझेदारीबारे उत्साह व्यक्त गर्दै ब्रिटिश कलेजका उपप्रध्यापक, डा. प्याट्रिक म्याकक्रडनले भने, ‘यो सहकार्य हाम्रा विद्यार्थीहरुको लागि निकै फलदायी रहनेछ । विद्यार्थीहरुका लागि आफ्नो छनौट गरिएका क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्ने र फिन्टेक व्यवस्थापन, फिन्टेक व्यवसायको विकास, साइबर सुरक्षा, र विकास जस्ता क्षेत्रहरूमा उनीहरूको प्रक्षेपणलाई आकार दिने र उत्कृष्ट सल्लाहकारहरुबाट मार्गदर्शन पाउने अवसर प्राप्त गर्नेछन् ।’
त्यस्तै, फ्यानका अध्यक्ष सञ्जीव सुब्बाले पनि आवश्यक सीप, नेटवर्क र ज्ञानको साथ महत्वाकांक्षी फिन्टेक पेशेवरहरूलाई सशक्त बनाउन र गतिशील फिन्टेक परिदृश्यमा फस्टाउन सहयोगको सम्भावनालाई जोड दिने बताए । उनले भने, ‘यो साझेदारीले प्रतिभाहरुलाई प्रोत्साहन गर्दै नविनतालाई सघाउँछ र फिन्टेक इकोसिस्टमको विकासमा योगदान पुर्याउँछ ।
ताजा अपडेट
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा


प्रतिक्रिया