बरू जेल जान्छु, देश छाड्दिनँ : इमरान खान
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले कुनै पनि हालतमा आफूले देश नछाड्ने प्रष्ट पारेका छन् । खानले देश छाड्न लागेको चर्चाबीच उनले पाकिस्तानको भविष्यका लागि आफू बरू जेल जाने तर देश नछाड्ने प्रष्ट पारेका हुन् ।
‘बरू म जेल जान तयार छु तर देश छाड्दिनँ,’ सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै उनले भनेका छन् । पाकिस्तान साँच्चै स्वतन्त्र नहुँदासम्म आफ्नो लडाइँ जारी रहने उनको भनाइ छ ।
खानले १९ मुद्दामा जमानत पाएका छन् । सरकारले चाहेको खण्डमा उनलाई फेरि पनि पक्राउ गर्न सक्छ ।
तेहरिक–ए–इन्साफका अध्यक्ष खानले मे ९ मा भएको घटनालाई बहाना बनाएर देशमा कानून र व्यवस्थाको उल्लंघन भइरहेको आरोप लगाए ।
खान इस्लामाबाद उच्च अदालतमा बायोमेट्रिक प्रमाणीकरणका लागि जाँदै गर्दा गत मे ९ मा पक्राउ परेका थिए । खानको पक्राउपछि पाकिस्तानमा व्यापक प्रदर्शन भएको थियो । त्यसक्रममा उनका समर्थकले महत्त्वपूर्ण प्रतिष्ठानमा आक्रमण गरेका थिए । घटनापछि सयौंलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मे ९ मा केही मानिस आफ्नो पार्टीका कार्यकर्ताबीच घुसेर पाकिस्तानको महत्त्वपूर्ण प्रतिष्ठानमा हमला गराएको खानको आरोप छ । जेलबाट फर्किएपछि केही कार्यकर्ताले मे ९ मा केही व्यक्ति आएर कमाण्डरको घर जलाउन र विभिन्न ठाउँमा आगजनी गर्न उक्साएको बताएको उनले बताए ।
कमाण्डरको घरतर्फ अघि बढेको प्रदर्शनकारीलाई प्रहरीले किन रोकेन भन्ने प्रश्न गर्दै उनले यसलाई सोच विचारका साथ गरिएको षड्यन्त्रको संज्ञा दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया