शिखर इन्स्योरेन्सले नीर्जिवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नीर्जीवन बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले आउँदो चैत २१ गतेदेखि २४ गतेसम्म चार दिने तालिम सञ्चालन गर्न लागेको सूचनामार्फत जानकारी गराएको हो ।
बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिको लागि बीमा अभिकर्ता तालिम दिन लागेको जारी सूचनामा उल्लेख छ । तालिम लिन चाहनेले चैत्र १६ गते बेलुका ५ बजेसम्म इमेलमार्फत निवेदन दिन सकिने छ । कम्पनीले उक्त तालिम भर्चूअल माध्यमबाट हुने जनाएको छ ।
अभिकर्ता तालिम लिन इच्छुकले निवेदनमा स्थायी ठेगाना, ईमेल र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने छ । त्यस्तै अभिकर्ताले तालिमका लागि निवेदनमा नागरिकताको प्रतिलिपि साथै पासपोर्ट साइजको फोटो अनिवार्य रुपमा उल्लेख गनुपर्ने छ ।
निवेदकले निवेदन इमेलमार्फत निवेदन दिनुपर्ने छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया