शिखर इन्स्योरेन्सले नीर्जिवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नीर्जीवन बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले आउँदो चैत २१ गतेदेखि २४ गतेसम्म चार दिने तालिम सञ्चालन गर्न लागेको सूचनामार्फत जानकारी गराएको हो ।
बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिको लागि बीमा अभिकर्ता तालिम दिन लागेको जारी सूचनामा उल्लेख छ । तालिम लिन चाहनेले चैत्र १६ गते बेलुका ५ बजेसम्म इमेलमार्फत निवेदन दिन सकिने छ । कम्पनीले उक्त तालिम भर्चूअल माध्यमबाट हुने जनाएको छ ।
अभिकर्ता तालिम लिन इच्छुकले निवेदनमा स्थायी ठेगाना, ईमेल र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने छ । त्यस्तै अभिकर्ताले तालिमका लागि निवेदनमा नागरिकताको प्रतिलिपि साथै पासपोर्ट साइजको फोटो अनिवार्य रुपमा उल्लेख गनुपर्ने छ ।
निवेदकले निवेदन इमेलमार्फत निवेदन दिनुपर्ने छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया