धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शन नगर्न हर्कको आग्रह
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शन नगर्न आग्रह गरेका छन्।
उनले आज सामाजिक सञ्जालमा स्टाटसमार्फ उपमहानगरपालिकाभित्र उक्त चलचित्र प्रदर्शन नगर्न भनेका हुन् । ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला,’ उनले लेखेका छन् ।
फिल्ममा भएको ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवादका कारण यतिबेला काठमाडौं र पोखरा महानगरपालिकामा कुनै पनि भारतीय फिल्म प्रदर्शन नगर्ने निर्णय भइसकेको छ ।
उक्त संवाद नेपालमा मात्रै नभएर भारतमा पनि नहटाएसम्म दुई महानगरले कुनै पनि हिन्दी फिल्म प्रदर्शन नगर्ने अडान लिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया