नेपाली बाबु आमाबाट जन्मेका सन्तानलाई नागरिकता नदिने षड्यन्त्र भइरहेको छ : यादव
काठमाडौं । जनता समाजवादीका अध्यक्ष एवं समाजवादी मोर्चाका नेता उपेन्द्र यादवले नेपाली बाबु आमाबाट जन्मेका सन्तानलाई नागरिकता नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।
सोमबार राष्ट्रिय सभाकाे घोषणा सभामा बोल्दै उनले संसदबाट दुइ दुईपटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा केहीलाई टाउको दुःखेको आरोप लगाए ।
‘संसदले दुई- दुईपटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा केहीलाई टाउको दुःखेको छ’, उनले भने, ‘नेपाली बावु आमाका सन्तानलाई नागरिकता नदिने षड्यन्त्र हो । षड्यन्त्रकाविरूद्ध उभिन सबैलाई आग्रह गर्दछु ।’
उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धलाई उल्टाउन अहिले विभिन्न खेल भएकाले त्यसविरूद्ध एकजुट हुने बताए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया