नेपाली बाबु आमाबाट जन्मेका सन्तानलाई नागरिकता नदिने षड्यन्त्र भइरहेको छ : यादव

काठमाडौं । जनता समाजवादीका अध्यक्ष एवं समाजवादी मोर्चाका नेता उपेन्द्र यादवले नेपाली बाबु आमाबाट जन्मेका सन्तानलाई नागरिकता नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।
सोमबार राष्ट्रिय सभाकाे घोषणा सभामा बोल्दै उनले संसदबाट दुइ दुईपटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा केहीलाई टाउको दुःखेको आरोप लगाए ।
‘संसदले दुई- दुईपटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा केहीलाई टाउको दुःखेको छ’, उनले भने, ‘नेपाली बावु आमाका सन्तानलाई नागरिकता नदिने षड्यन्त्र हो । षड्यन्त्रकाविरूद्ध उभिन सबैलाई आग्रह गर्दछु ।’
उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धलाई उल्टाउन अहिले विभिन्न खेल भएकाले त्यसविरूद्ध एकजुट हुने बताए ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
प्रतिक्रिया