प्रचण्डको पश्चाताप : मोर्चा बनाएर एकता गरेको भए नेकपा दुर्घटनामा पर्ने थिएन
काठमाडौं । प्रधानमन्त्री एवं समाजवादी मोर्चाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त मोर्चा नबनाई सिधै पार्टी एकता गरेकाले नेकपा दुर्घटनामा परेको जिकिर गरेका छन् ।
सोमबार समाजवादी मोर्चा घोषणा सभा कार्यक्रममालाई सम्बोधन गर्दै उनले तत्कालीन एमाले र माओवादीबीच मोर्चा वा गठबन्धनको अभ्यास गरेर पार्टी एकता भएको भए दुर्घटना नहुने बताए हुन् ।
‘समाजवादी मोर्चा सकारात्मक शक्तिहरूलाई एक ठाउँमा ल्याउने अभ्यास हो । विगतको स्मरण गर्दा यस्तै मोर्चा वा संयुक्त मोर्चा बानाएर एकता गरेको भए सायद दुर्घटना हुँदैनथ्यो कि ? ’, उनले भने, ‘मोर्चा गठनबाट परिवर्तनका पक्षधरहरू आत्तिनुपर्ने अवस्था छैन । तर परिवर्तबाट प्राप्त उपलब्धी उल्ट्याउने, प्रतिक्रान्ति गर्न खोज्ने, देशलाई निरंकुशता लाद्न खोज्ने मोर्चा क्रान्ति हो । त्यसकै विरूद्ध मोर्चा गठन गरेको हो ।’
समाजवादी मोर्चा बनाउन निकै मेहनत गर्नुपरेको स्मरण गराउँदै उनले नेकपा जस्तो दुर्घटनामा नपर्ने दाबी गरे ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया