मेसीबिना प्रतिस्पर्धामा उत्रिएको अर्जेन्टिनाको इन्डोनेसियामाथि सहज जित
काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इन्डोनेसियामाथि सहज जित निकालेको छ । सोमबार सम्पन्न खेलमा अर्जेन्टिनाले इन्डोनेसियालाई २–० गोलान्तरमा परास्त गरेको हो ।
अर्जेन्टिनाको यो जितमा लिन्द्रो पारेडेस र क्रिस्टियन रोमेरोले एक–एक गोल गरे । लिन्द्रोले ३८औं र रोमेरोले ५५औं मिनेटमा गोल गरेका हुन् ।
इन्डोनेसियाविरुद्धको यो खेलमा अर्जेन्टिनाका स्टार खेलाडी मेस्सी भने सहभागी थिएनन् ।
सोमबार नै सम्पन्न दुई मैत्रीपूर्ण खेलमा थाइल्याण्ड र जोर्डनले जित निकालेका छन् । थाइल्याण्डले हङकङलाई १–० र जोर्डनले जमैकालाई २–१ गोलान्तरमा हराएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया