चर्चामा पशुपतिको नयाँ गीत–तिम्रा नेता बिग्रिए, जाग जनता
काठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत ‘तिम्रा नेता बिग्रिए, जाग जनता’ ल्याएका छन् ।
एक साताअघि आफ्नै युट्युब च्यानलबाट शर्माले सार्वजनिक गरेको गीतले विस्तारै चर्चा पाउन थालेको छ ।
अक्सर आफ्नै शब्द र लयका गीत गाउने शर्माले यो गीतमा पनि आफैंले शब्द कोरेर लय सिर्जना गरेका छन् । भिडियोमा अभिनय पनि उनकै छ । जुन १३ मा अपलोड गीतले अहिलेसम्म ५ लाख ७४ हजार भ्युज पाएको छ ।
गीतमा नेता बिग्रिए देश नै बिग्रने भएकाले जनतालाई आफ्ना नेताको खबरदारी गर्न आह्वान गरिएको छ ।
देशप्रतिको उत्तरदायित्व महसुस गरेर गीति सिर्जना गर्ने गायकमा पर्छन् शर्मा । यसअघि पनि शर्माले राजनीतिक दलका नेताप्रति आक्रोस पोख्दै ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत ल्याएका थिए । तत्कालीन सरकार र उक्त सरकारको नेतृत्व गर्ने दलको विरोधले गीत सार्वजनिक भएलगत्तै चर्को विवादमा पर्यो । दबाबका कारण पछि शर्माले गीतलाई आफ्नो युट्युब च्यानलबाट हटाए । तर त्यतिबेलासम्म यो गीत बहुचर्चित भइसकेकाले कुनै प्रभाव परेन ।
हेर्नुहोस् नयाँ गीत
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया