आजदेखि थ्रीस्टार हाइड्रोपावरको आइपीओ बिक्री खुला
काठमाडाैं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज (असार ५) गते सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसभन्दा अघि कम्पनीले १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिसकेको छ ।
अब बाँकी ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको छ । त्यस्तै ३६ हजारर ९३८ कित्ता म्युचल फण्ड र १४ हजार ७७५ कित्ता कर्मचारीको लागि छुट्याएको छ । सो आइपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने असार १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपीओ सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया