श्रीलङ्कामा यो वर्ष सडक दुर्घटनामा एक हजार ४३ जनाको मृत्यु
एजेन्सी । श्रीलङ्कामा यो वर्ष अहिलेसम्म कूल ८ हजार ८७५ वटा सडक दुर्घटना भएका छन् । ती विभिन्न दिर्घटनामा एक हजार ४३ जनाको मृत्यु भएको छ ।
यातायात मन्त्री लासान्था अलागियावान्नाले सोमबार सो जानकारी गराएका हुन्र । यी दुर्घटनामा अधिकांश बस, मोटरसाइकल र तीनपाङ्ग्रे सवारी साधन रहेको पनि मन्त्रीले सञ्चारमाध्यमलाई बताएका छन् ।
यसैबीच दुर्घटना न्यूनीकरणका लागि सहकार्यात्मक कार्ययोजना अघि बढाइएको छ । पश्चिमाञ्चल प्रदेशमा मदिरा र लागुऔषध सेवन गरी सवारी चलाउने चालकको पहिचान गर्न मे १८ गतेदेखि पाइलट कार्यक्रम शुरु गरिएको मन्त्रीले बताएका छन् ।
सोमबारदेखि आइतबारसम्म पश्चिमाञ्चल प्रदेशमा लागुऔषध सेवन गरी सवारी चलाएको आशङ्कामा एक हजार ७८१ चालकको परीक्षण गरिएको राज्यमन्त्रीले जानकारी दिएका छन् ।
श्रीलङ्कामा सन् २०२२ मा करिब १९ हजार ७४० सडक दुर्घटना भएको थियो जसमा दुई हजार चार सय ८५ जनाको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया