निगमले घटायो हवाई इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर कति पुग्यो ?
काठमाडाैं । नेपाल आयल निगमले हिजो मध्यरातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य घटाएको छ । निगमले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य निर्धारण भएसँगै आजदेखि हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १५० रूपैयाँ र अन्तरार्ष्टियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार १५० रूपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेलको १५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया