आमा बनिन् दीपिका कक्कड
एजेन्सी । टिभी सिरियल ‘ससुराल सिमरका’ बाट पहिचान बनाउन सफल अभिनेत्री दीपिका कक्कड आमा बनेकी छन् ।
उनले आज छोरालाई जन्म दिएकी हुन् । यसको जानकारी शोएब र दीपिकाले आफ्नो इन्स्टाग्रामबाट दिएका हुन् । दीपिकाले २०१८ मा अभिनेता शोएब इब्राहिमको विवाह गरेकी हुन् ।
यी द्वयले २२ जनवरीमा आफूहरु आमा बाबु बन्न लागेको खबर सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै शोएबले लेखेका थिए ‘कृतज्ञता, खुशी, उत्साह र डरका साथ हामी यो खबर तपाईहरू सबैसँग साझा गर्दैछौं। यो हाम्रो जीवनको सुन्दर क्षण हो। हामी हाम्रो पहिलो सन्तानको प्रतीक्षा गर्दैछौं। छिट्टै हामी अभिभावक बन्न लागेका छौं । हाम्रो सानो पाहुनाको लागि तपाईको धेरै प्रार्थना र माया आवश्यक छ ।’
दीपिकाले सन् २०१० मा ‘नीर भरे तेरे नैना देवी’ बाट टेलिभिजन डेब्यु गरेकी हुन् । टिभी सिरियल ‘ससुराल सिमर का’ दीपिकाको करियरको सबैभन्दा चर्चित शो थियो । दीपिका बिग बोस १२ को विजेतासमेत बनेकी थिइन् ।
ताजा अपडेट
-
कान्तिपुरका मालिक सिरोहिया कार्यकक्षबाटै पक्राउ
-
सिरोहियालाई पक्राउ गर्न एसएसपी आफैं पुगे कान्तिपुरको केन्द्रिय कार्यालय
-
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिदै
-
प्रचण्डको सम्पत्तिमा प्रश्नै प्रश्न : सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार निवारण ऐन आकर्षित हुन सक्ने
-
रवि लामिछानेको सम्पत्ति सार्वजनिक, अधिकांश श्रीमतीको नाममा
प्रतिक्रिया