आमा बनिन् दीपिका कक्कड
एजेन्सी । टिभी सिरियल ‘ससुराल सिमरका’ बाट पहिचान बनाउन सफल अभिनेत्री दीपिका कक्कड आमा बनेकी छन् ।
उनले आज छोरालाई जन्म दिएकी हुन् । यसको जानकारी शोएब र दीपिकाले आफ्नो इन्स्टाग्रामबाट दिएका हुन् । दीपिकाले २०१८ मा अभिनेता शोएब इब्राहिमको विवाह गरेकी हुन् ।
यी द्वयले २२ जनवरीमा आफूहरु आमा बाबु बन्न लागेको खबर सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै शोएबले लेखेका थिए ‘कृतज्ञता, खुशी, उत्साह र डरका साथ हामी यो खबर तपाईहरू सबैसँग साझा गर्दैछौं। यो हाम्रो जीवनको सुन्दर क्षण हो। हामी हाम्रो पहिलो सन्तानको प्रतीक्षा गर्दैछौं। छिट्टै हामी अभिभावक बन्न लागेका छौं । हाम्रो सानो पाहुनाको लागि तपाईको धेरै प्रार्थना र माया आवश्यक छ ।’
दीपिकाले सन् २०१० मा ‘नीर भरे तेरे नैना देवी’ बाट टेलिभिजन डेब्यु गरेकी हुन् । टिभी सिरियल ‘ससुराल सिमर का’ दीपिकाको करियरको सबैभन्दा चर्चित शो थियो । दीपिका बिग बोस १२ को विजेतासमेत बनेकी थिइन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया