बैंकहरुमा तरलता बढ्दै गएपछि केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ तान्दै
काठमाडौं । बैकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ ।
राष्ट्र बैंकले जारी गरेको ७ दिने अवधिको लागि रिपोमार्फत सो रकम तान्ने भएको हो ।
रिपो असार १४ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ ।
राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन बैंक तथा वित्तीय संस्थाहरूले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया