विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको उत्कृष्ट प्रदर्शन, तीन विकेट लियो
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ ।
जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले तीन विकेट गुमाइसकेको छ। स्पिनर सन्दीप लामिछनेले तेस्रो विकेट लिएका छन् ।
यसअघि गुल्सन र करण केसीले दुई विकेट लिएका थिए । गुल्सनले जोनसन चार्ल्सलाई शून्य रनमा आसिफ शेखबाट क्याच गराएका हुन् । वेस्ट इन्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन जोडेको थियो।
यसअघि ओपनिङ ब्याट्सम्यान कायल मेयर्सलाई १ रनमा करण केसीले कुशल भुर्तेलबाट क्याच गराएका थिए । १६.४ ओभरमा वेस्ट इन्डिजले तीन विकेट गुमाएर ५९ रन जोड्न सफल भएको छ । वेस्ट इन्डिजले १९७५ र १९७९ को पहिलो दुई संस्करणको विश्वकप जितेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया