विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको उत्कृष्ट प्रदर्शन, तीन विकेट लियो
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ ।
जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले तीन विकेट गुमाइसकेको छ। स्पिनर सन्दीप लामिछनेले तेस्रो विकेट लिएका छन् ।
यसअघि गुल्सन र करण केसीले दुई विकेट लिएका थिए । गुल्सनले जोनसन चार्ल्सलाई शून्य रनमा आसिफ शेखबाट क्याच गराएका हुन् । वेस्ट इन्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन जोडेको थियो।
यसअघि ओपनिङ ब्याट्सम्यान कायल मेयर्सलाई १ रनमा करण केसीले कुशल भुर्तेलबाट क्याच गराएका थिए । १६.४ ओभरमा वेस्ट इन्डिजले तीन विकेट गुमाएर ५९ रन जोड्न सफल भएको छ । वेस्ट इन्डिजले १९७५ र १९७९ को पहिलो दुई संस्करणको विश्वकप जितेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया