११ महिनामा व्यापारघाटा १३ खर्ब ३७ अर्ब बढी, वस्तु आयात १४ खर्ब
काठमाडाैं । चालु आव २०७९/८० को ११ महिना (साउन-जेठ) सम्मको अवधिमामा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रूपैयाँ बराबरको विभिन्न वस्तु वस्तु आयात भएको छ ।
जुन गत वर्षको सोही अवधिको तुलनामा १६.०१ प्रतिशतले कम आयात भएको छ । गत आवको सोही अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख रूपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
१ खर्ब ४३ अर्बको निर्यात
तथ्यांकअनुसार चालु आवको ११ महिनाको अवधिमा वस्तु निर्यात भने १ खर्ब ४३ अर्ब ५८ करोड रूपैयाँको मात्रै भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २२.७४ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा १ खर्ब ८५ अर्ब ८३ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
१३ खर्ब ३७ अर्बको व्यापारघाटा
चालु आवको जेठसम्ममा आइपुग्दा व्यापार घाटा १३ खर्ब नाघेको छ । चालु आवको जेठ मसान्तसम्म आइपुग्दा नेपालको विभिन्न मूलुकसँग १०३खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रूपैयाँ पुगेको छ ।
३ खर्ब ४४ अर्बको राजश्व संकलन
चालु आवको ११ महिनाको अवधिमा आयातित वस्तुबाट सरकारले ३ खर्ब ४४ अर्ब ३ करोड २७ लाख रूपैयाँको राजश्व संकलन गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया