चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै
काठमाडौं । चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीनदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । विभिन्न देशहरूको भ्रमणमा रहेका उनी उनी भारत हुँदै काठमाडौं ओर्लने कार्यक्रम छ ।
भ्रमणको दौरानमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का, प्रमुख राजनीतिक दलका शीर्ष नेतालगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।
स्रोतका अनुसार, यो क्रममा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोग परियोजना कार्यान्वयनबारे छलफल हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया