फिल्म हलबाट फिर्ता भए काठमाडौं नगर प्रहरी
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोक्न फिल्म हलमा तैनाथ काठमाडौं महानगरपालिकाका नगर प्रहरी फिर्ता भएका छन् ।
उक्त फिल्ममा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद रहेको र त्यसले सांस्कृतिक हस्तक्षेप गरेको दाबीसहित महानगरले उक्त फिल्म चल्न नदिने घोषणा गर्दै आफ्नो क्षेत्रभित्रका हलहरूमा तैनाथ गरेको प्रहरी शुक्रबार बिहानबाट फिर्ता गरेको हो ।
काठमाडौं महानगरपालिका, नगर प्रहरी प्रमुख राजु पाण्डेले जनताले नै उक्त फिल्म बहिस्कार गरेपछि बन्द गरिराख्नुपर्ने जरुरी नभएकाले नगर प्रहरी फिर्ता भएको बताए ।
फिल्म आदिपुरुषमा सीतासम्बन्धी संवाद रहेको हल्लापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सम्पूर्ण हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका थिए । उच्च अदालत, पाटनले भारतीय फिल्म प्रदर्शनमाथिको रोक गलत भएको भन्दै त्यसलाई सुचारु गर्न आदेश दिए पनि बालेनले बालेनले अडान यथावत् राखेका छन् । देशको सार्वभौमसत्ता र स्वाधीनतासँग सम्बन्धित विषयमा अदालतबाट आदेश नै आए पनि आफूले नमान्ने बालेनको भनाइ छ ।
स्वतन्त्र न्यायापालिकाको फैसलालाई बालेनले चुनौती दिएपछि अहिले ‘विधिको शासनको हुर्मत काँडेर सनक देखाएको’ भन्दै उनको आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया