रासायनिक मलको अभाव नहुने प्रधानमन्त्रीको दाबी
काठमाडौं । वर्षा लागेसँगै यस वर्षपनि मल अभाव हुनसक्नेतर्फ किसानहरू चिन्तित रहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको अभाव नहुने दाबी गरेका छन् ।
शुक्रबार संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा उनले मलको आपूर्ति विगतको भन्दा सुदृढ भएकाले धान बालीका लागि मल अभाव नहुने दाबी गरेका हुन् ।
यही महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन रासायनिक मल भित्रिने छ’, सांसद अब्दुल खानको प्रश्नको उत्तर दिँदै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’
यसैगरी प्रधानमन्त्री प्रचण्डले ३ लाख ५१ हजार मेट्रिक टन मल आयात भएको बताए ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया