पाम तेल निर्यातमा गिरावट
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिना अर्थात साउनदेखि जेठसम्मको तथ्यांकअनुसार नेपालबाट विदेश निर्यात हुने मूख्य वस्तु पाम तेलको निर्यातमा गिरावट आएको छ ।
चालु आवको पहिलो ११ महिनाको तथ्यांकअनुसार नेपालबाट कुल १९ अर्ब ५४ करोड ३६ लाख ७२ हजार रूपैयाँको कच्चासहित पाम तेल निर्यात भएको छ । जुन गत वर्षको तुलनामा २० अर्ब रूपैयाँले कमी हो ।
गत वर्ष ०७८/७९ को सोही अवधिमा नेपालबाट ३९ अर्ब ११ करोड ७५ लाख १४ हजार रूपैयाँको पाम तेल भारत निर्यात भएको थियो ।
आयातमासमेत गिरावट
चालु आवको ११ महिनामा पाम तेल निर्यातमा मात्रै नभएर आयातमा समेत गिरावट आएको देखिएको छ ।
गत आव ०७८/७९ को जेठसम्ममा ३८ अर्ब ७५ करोड ४९ लाख रूपैयाँको कच्चासहितको पाम तेल आयात भएको थियो । चालु आवको सोही अवधिमा आयात घटेर २७ अर्ब ६६ करोड ९१ लाख रूपैयाँको पाम तेल आयात भएको छ ।
नेपालमा इन्डोनोसिया, फिलिपिन्स, भारत, मलेसियालगायतका देशबाट पाम तेल आयात हुँदै आएको छ । नेपालले पाम तेल निर्यात भने छिमेकी मूलुक भारतमा गर्दै आएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया