सांसद सुवालकाे प्रश्न : सीमा विवादका विषयमा सरकार कहिलेसम्म मौन बस्ने ?
काठमाडौं । सांसद प्रेम सुवालले सीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा बजेट कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले देशको सीमा सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘दिनँहुजसो सीमास्तम्भ उखेलिएको, फालिएको, सारिएको समाचार सुन्छौँ । यस्तो समाचार गृह मन्त्रालय र सरकारले कहिलेसम्म सुनेर, हेरेर बस्ने हो ?’
उनले नेपालमा भारतीय एकाधिकार पुँजीको ‘माइक्रो म्यानेजमेन्ट’ हस्तक्षेप भइरहेकोतर्फ गृह मन्त्रालय र राजनीतिक दल सचेत हुनुपर्ने बताए । उनले भने, ‘देशभित्र राजनैतिक दलबीचको मतभेद घरेलु मामिला हो, हामी छलफल गर्छौं । तर माइक्रो म्यानेजमेन्टलाई हामी किन विरोध गर्दैनौँ ?’
उनले अन्तर्राष्ट्रिय कानुन विपरीत सिमानामा बनाइएका सडक बाँध र सीमावर्ती बाँध भत्काउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भक्तपुरलाई सांस्कृतिक नगर घोषणा, वाइडबडी जहाजसँगै तारागाउँ विकास समितिको जग्गा विवादमा छानबिन र खोप विश्वविद्यालय विधेयक पारित गर्नसमेत माग गरे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया