जलहरी जोख्न पशुपतिनाथ पुग्यो अख्तियारको टोली
काठमाडौं । पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली मन्दिर परिसर पुगेको छ ।
जलहरीका लागि प्रयोग भएर बाँकी रहेको दश किलो ९७६ ग्राम सुनको हिसाब नदेखिएपछि यसबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो ।
आयोगले यतिबेला उक्त जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर कम भएको उजुरीमाथि छानबिन गरिरहेको छ ।
सोही अनुसन्धान अन्तर्गत आयोग आज पशुपति पुगेको हो । छानविनका लागि आयोगको टोली पशुपति पुगेपछि परिसर पुरै खाली गरिएको छ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपतिमा १०८ किलोको सुनको जलहरी राखिएको थियो ।
यसमा महालेखाले करिब ११ किलो सुनको प्रयोग नभेटिएको औंल्याएको हो । जलहरीको विषयमा माओवादी केन्द्रका सांसद राजन दाहालले संसदमा प्रश्न उठाएपछि यो विषय झनै चर्चामा आएको थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया