सुनको मूल्य उकालो लाग्ने क्रम जारी
काठमाडाैं । आइतबारयता सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १० हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार ८५० रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ बढेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया