विनियोजन विधेयक २०८० पारित
काठमाडाैं । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत्तले पेश गरेको विनियोज विधेयक २०८० पारित भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बहुमतले विनियोजन विधेयक पारित भएको हो ।
उक्त प्रस्ताव पारित गरियोस् भन्ने ‘हुन्छ’ भन्ने पक्षमा धेरै मत १४७ मत परेपछि विधेयक पारित भएको छ । उक्त प्रस्तावको ‘हुन्न’ भन्ने पक्षमा १०८ मत परेको छ भन्ने दिन्न भन्ने पक्षमा शून्य मत परेको छ । आजको बैठकमा दुई सय ५५ सांसदको उपस्थिति थियो ।
विनियोजन विधेयक २०८० प्रस्ताव पहिलो चरणमा बहुमतले पारित भएपनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका महेश बर्तौलाले ‘हुन्न’ भन्ने पक्षको स्पष्ट बहुमत नदेखिएकाले असहमति जनाउँदै बजेट पारित गर्नका लागि मत विभाजन माग गरेपछि सभामूख देवराज घिमिरेले मतदान प्रकृया अपनाएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया