विनियोजन विधेयक २०८० पारित
काठमाडाैं । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत्तले पेश गरेको विनियोज विधेयक २०८० पारित भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बहुमतले विनियोजन विधेयक पारित भएको हो ।
उक्त प्रस्ताव पारित गरियोस् भन्ने ‘हुन्छ’ भन्ने पक्षमा धेरै मत १४७ मत परेपछि विधेयक पारित भएको छ । उक्त प्रस्तावको ‘हुन्न’ भन्ने पक्षमा १०८ मत परेको छ भन्ने दिन्न भन्ने पक्षमा शून्य मत परेको छ । आजको बैठकमा दुई सय ५५ सांसदको उपस्थिति थियो ।
विनियोजन विधेयक २०८० प्रस्ताव पहिलो चरणमा बहुमतले पारित भएपनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका महेश बर्तौलाले ‘हुन्न’ भन्ने पक्षको स्पष्ट बहुमत नदेखिएकाले असहमति जनाउँदै बजेट पारित गर्नका लागि मत विभाजन माग गरेपछि सभामूख देवराज घिमिरेले मतदान प्रकृया अपनाएका थिए ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया