बेल चेम्किँदा वेल्स फाइनलमा, स्कटल्याण्ड र युक्रेनबीचको विजेतासँग निर्णायक भिडन्त गर्ने
काठमाडौं । कतारमा यसै वर्ष हुने विश्वकप छनोटअन्तर्गत युरोपियन प्लेअ अफमा वेल्स विजयी भएकाे छ ।
गएराति भएको पाथ ए को खेलमा वेल्सले अष्ट्रियालाई २–१ ले हराएर फाइनल यात्रा तय गरेको छ ।
वेल्सको जितमा कप्तान ग्यारेथ बेल नायक बने । उनले २५ र ५१ मिनेटमा गोल गर्दै वेल्सको जित सुनिश्चत बनाए ।
अब स्कटल्याण्ड र युक्रेनबीचको खेलको विजेतासँग वेल्सले प्रतिस्पर्धा गर्नेछ । त्यसको विजेता विश्वकपमा छनोट हुनेछ ।
युद्धका कारण स्कटल्याण्ड र युक्रेनबीचको खेल भने पछि सरेको छ । तर, मिति भने टुंगो लागेको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया