जब नीनाले को-स्टारलाई चुम्बन गरेपछि डिटोलले मुख धोइन्

एजेन्सी । बलिउड अभिनेत्री नीना गुप्ता आफ्नो बोल्ड अभिव्यक्तिका कारण सधैं चर्चामा रहन्छिन् । उनी अभिनित ‘लस्ट स्टोरिज २’ रिलिजको क्रममा छ ।
यसकै प्रचारको क्रममा उनले एउटा पुरानो किस्सा सेयर गरेकी छिन् । उनले विगतमा एक सिरियलमा काम गर्दा आफ्ना को स्टारलाई चुम्बन गर्नुपर्ने अवस्थाबारे आएकोबारे घटना सुनाएकी हुन् ।
उक्त सिरियलमा उनले आफ्नो को-स्टारलाई किस गर्नुपरेको थियो । नीनाले यो दृश्यका लागि आफू मानसिक र शारीरिक रूपमा तयार नभएको बताइन् । यद्यपि नीनाले यसलाई चुनौतीका रूपमा लिइन् । उनले किस सिन दिएपछि डिटोलले मुख सफा गर्नुपर्यो । तर उक्त दृश्य भने सिलियबाट हटाउनुपरेको थियो ।
इन्स्ट्यान्ट बलिउडसँग कुरा गर्दै नीनाले भनेकी छिन्, ‘यो दृश्य काटिएको थिएन भने यो टिभीमा पहिलो किसिङ दृश्य हुने थियो । दशकौंअघि सिरियल ‘दिल्लगी’ मा मेरा सह कलाकार दिलीप धवनसँग मैले लिप लक गर्नुपरेको थियो। मैले उहाँलाई व्यक्तिगत रूपमा चिनेको छैन। मानसिक र शारीरिक रूपमा म यो दृश्य गर्न तयार थिइनँ । मलाई धेरै नर्भस महसुस भइरहेको थियो। अघिल्लो रात पनि निदाउन सकिनँ ।’
च्यानलले टेलिभिजनमा पहिलो किस देखाएर एपिसोडको प्रचार गर्ने उद्देश्यले उक्त दृश्य राख्ने योजना बनाएको थियो । तर, यो योजना असफल भयो । त्यो यस्तो समय थियो जब सम्पूर्ण परिवार सँगै बसेर टिभी हेर्ने गर्थे । जब मानिसहरूले यो चुम्बन दृश्य देखे, उनीहरूले कडा विरोध गरे। पछि च्यानलले यो दृश्य हटाउनुपर्ने अवस्था आयो ।
नीनाले थप भनिन्, ‘मैले अन्ततः आफैलाई कन्भिन्स गरें। मैले आफैलाई भने कि म एक अभिनेता हुँ र मैले यो गर्नुपर्छ। हाँस्नेदेखि रोएसम्म हरेक दृश्य कलाकारले गर्नुपर्छ । त्यसैले यसलाई चुनौतीका रूपमा लिएँ। मैले चुम्बनको दृश्य दिएँ, तर तुरुन्तै मैले डेटोलले मेरो मुख राम्ररी सफा गरें। मैले माया नगरेको मान्छेलाई चुम्बन गर्न मलाई धेरै गाह्रो भयो ।’
करिब तीन दशकदेखि चलचित्र क्षेत्रमा नीना हाल ६४ वर्षकी भइन् । नीना हालै रानी मुखर्जीको फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’मा देखिएकी थिइन् । अब उनी लस्ट स्टोरीज २ मार्फत ओटीटीमा फर्किएकी छिन् ।
प्रतिक्रिया