सुनको मूल्य पुन: घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । बुधबार घटेको छ सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ घटेर एक लाख ९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुन प्रतितोला एक लाख ८ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै बिहीबार चाँदी प्रतितोला पाँच रूपैयाँ घटेर एक हजार ३७० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ३७५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया