भोलिबाट ‘यस्तै हो लाइफ’ दर्शकमाझ आउँदै
काठमाडौं । नेपाली वेब सिरिज ‘यस्तै हो लाइफ’ भोलि (असार १५)बाट प्रिमियर हुने भएको छ। ‘स्टुडियो आकार’ यूट्युब च्यानल मार्फत भोलि सिरिजको पहिलो एपिसोड प्रिमियर हुनेछ।
सिरिजमा करिअरको खोजीमा रहेका ६ जना साथीहरूको दैनिक जीवनको कथा प्रस्तुत छ। उनीहरूबीचको मित्रता, प्रेम तथा आत्मखोजको कथा छ। सिरिजका निर्देशक ईलम दीक्षित यस्तै हो लाइफ’ काठमाडौंका नयाँ पुस्ताको कथा भएको बताउँछन्।
सिरिज आठ एपिसोडको हुनेछ। सबै एपिसोड एक साताभित्र अपलोड गरिने निर्देशक दीक्षितले बताए।
सिरिजका लेखक दीक्षित र सानिया शाह हुन्। सिरिजमा मेनुका प्रधान, दिव्य देव, सिर्जना रेग्मी, नम्रता सापकोटा, अमोद भट्ट र स्मिथ तामाङको मुख्य भूमिका छ। यस्तै, रमा थपलिया, लूनिभा तुलाधर र समीरमणि दीक्षित अतिथि कलाकारको भूमिकामा छन्।
सिरिजका डीओपी श्याम तामाङ हुन् भने एडिटिङ तुषार तण्डुकारले गरेका छन्।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया