गुनासो सुन्न प्राधिकरणमा कल सेन्टर
मनहरि । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
विद्युत्सम्बन्धी सर्वसाधारणको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याइएको डिभिजन प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । विद्युत्सम्बन्धी गुनासोका लागि ११५० डायल गरी ८ थिच्नपर्छ ।
यस कल सेन्टरबाट प्रदेश डिभिजन कार्यालयअन्तर्गत पालुङ, हेटौँडा र सिन्धुली वितरण केन्द्रका उपभोक्ताले आफ्नो गुनासो टिपाउन सक्नेछन् । तत्काल कल सेन्टरमा चार वटा फोन राखिएको र बिहान ९ देखि बेलुका ६ बजेसम्म सर्वसाधारणले कल सेन्टरमा फोन गर्नसक्ने डिभिजन प्रमुख द्विवेदीले बताए ।
उनका अनुसार यसबाट प्राधिकरणको नो लाइटको फोन उठेन भन्ने गुनासो पनि अन्त हुनेछ । कल सेन्टरमाअहिले बिहान ९ देखि साँझ ६ बजेसम्म फोन गर्न सकिने र केही समयपछि दैनिक १२ घन्टा सेवा दिने तयारीमा रहेको डिभिजन प्रमुख द्विवेदीको भनाइ थियो ।
हेटौँडा वितरण केन्द्र प्रमुख नरेन्द्र श्रेष्ठले विद्युत् अवरुद्ध हुनासाथ नो लाइटमा निरन्तर फोन आउने गरेको जानकारी दिँदै अब यो समस्या समाधान हुने विश्वास व्यक्त गरे । डिभिजन कार्यालयले पालुङ, हेटौंडा र सिन्धुली वितरण केन्द्रअन्तर्गतको उपभोक्ताका लागि कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया