रसुवाको सडकमा उपकरण तयारी अवस्थामा
रसुवा । वर्षायामलाई मध्यनजर राखी रसुवाको पासाङल्हामु मार्गमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएका छन् । वर्षायाम सुरू भइसकेको र ग्राङ, मूलखर्क, खोपाङ तथा स्याफ्रुबेँसी नजिक याङयाङ क्षेत्रमा आउन सक्ने पहिरो पन्छाउन डिभिजन सडक कार्यालय नुवाकोटले उपकरण तयारी अवस्थामा राखेको हो ।
सडक कार्यालयका डिभिजन प्रमुख अमृतमणि रिमालका अनुसार ग्राङमा स्काभेटर तथा धुञ्चेमा लोडर राखिएको छ । सबैखाले अवरोध हटाई सामग्री बोकेका ट्रक, कन्टेनर, रसुवागढी नाकाबाट नेपाल–चीन आवतजावत गर्ने पर्यटक तथा नियमितरूपमा चल्ने बस, एक्म्बुलेन्सलगायत सवारीसाधन सहजरूपले आवतजावत गराउन कर्मचारी उपकरणसहित खटिएको उनले बताए ।
स्याफ्रुबेँसी–रसुवागढी १७ किमी सडकखण्डमा हुने वर्षायामको अवरोध भने निर्माणाधीन एक सय ११ मेगावाट रसुवागढी हाइड्रोपावरको उपकरणले पहिरो हटाउन निरन्तरता दिने बताइएको छ ।
विगत लामो समयदेखि रसुवागढी हाइड्रोपावरले वर्षाको हिले एवं हिउँदको धुले पहिरोलगायतका सबैखाले अवरोध हटाउँदै आएका कारण रसुवागढी नाकाबाट आयात निर्यात हुने सामग्री ढुवानीमा सहजता भएको बताइएको छ ।
पासाङल्हामु मार्गअन्तर्गत रसुवा खण्डको सडक भने विगतको तुलनामा निकै सुधार भए पनि मूलखर्कमा अडिसकेको पहिरालाई पुनः खोतल्ने काम भएका कारण थोरै भागमा जोखिम बढ्ने सम्भावना बढेको स्थानीयले बताएका छन् । यस्तै धुञ्चेपारि खोपाङ पहराको बीच भागमा रहेको ठूलो अल्को ग्यावियन पर्खाल फेदमा फुट्दै गएका कारण थप क्षति न्यूनीकरणका लागि पहल थाल्नुपर्ने स्थानीयको माग छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया