पेरुलाई पन्छाउँदै उरुग्वे विश्वकपमा छनोट

काठमाडौं । उरुग्वे यसै वर्ष कतारमा हुने विश्वकप फुटबलमा छनोट भएको छ ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहान भएको खेलमा पेरुलाई १–० गोल अन्तरले हराएसँगै उरुग्वेले विश्वकपको टिकट काटेको हो ।
दुई पटकको विश्वकप विजेता उरुग्वेलाई जित दिलाउन जिओर्जियन डि आरास्काइटाले गोल गरे ।
उनले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो ।
यस जितसँगै उरुग्वेले अंक तालिकाको चौथो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । उरुग्वेले १७ खेलमा २५ अंक जोडेको छ ।
पेरु २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एक खेल खेल्न बाँकी रहँदा पेरुको प्ले अफको सम्भावना कायमै छ ।
पेरुले अब निर्णायक खेलमा विश्वकप छनोटबाट बाहिरिएको पाराग्वेविरुद्ध मार्च ३० मा खेल्नेछ ।
चेक रिपब्लिकलाई हराउँदै स्विडेन फाइनलमा, अब निर्णायक भिडन्त पोल्याण्डसँग
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया