पेरुलाई पन्छाउँदै उरुग्वे विश्वकपमा छनोट
काठमाडौं । उरुग्वे यसै वर्ष कतारमा हुने विश्वकप फुटबलमा छनोट भएको छ ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहान भएको खेलमा पेरुलाई १–० गोल अन्तरले हराएसँगै उरुग्वेले विश्वकपको टिकट काटेको हो ।
दुई पटकको विश्वकप विजेता उरुग्वेलाई जित दिलाउन जिओर्जियन डि आरास्काइटाले गोल गरे ।
उनले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो ।
यस जितसँगै उरुग्वेले अंक तालिकाको चौथो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । उरुग्वेले १७ खेलमा २५ अंक जोडेको छ ।
पेरु २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एक खेल खेल्न बाँकी रहँदा पेरुको प्ले अफको सम्भावना कायमै छ ।
पेरुले अब निर्णायक खेलमा विश्वकप छनोटबाट बाहिरिएको पाराग्वेविरुद्ध मार्च ३० मा खेल्नेछ ।
चेक रिपब्लिकलाई हराउँदै स्विडेन फाइनलमा, अब निर्णायक भिडन्त पोल्याण्डसँग
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया