गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
काठमाडाैं । भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ । प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आइतबार उल्लेख गरेका छन्।
मृत्यु हुनेमा जामनगर जिल्लाका मात्रै ६ जना रहेका छन् । मृत्यु हुने अन्य व्यक्तिहरू अमरेली, बोटाड र आनन्दका स्तानीय रहेको बताइएको छ । जामनगरका तल्लो क्षेत्रहरू डुबानमा परेकाले मानिसहरू घरभित्रै थुनिएका छन् । जामनगर जिल्लाको भिसावदार क्षेत्रमा शुक्रबार ३४९ मिलिमिटर वर्षा भएको छ ।
लगातारको वर्षाका कारण गुजरातमा नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहँदा स्थानीयहरूमा त्रास बढेको छ ।
राज्यको दयनीय अवस्थालाई ध्यानमा राख्दै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले बाढी प्रभावित क्षेत्रहरूमा विशेष गरी राज्यको जामनगर, जुनागढ र कच्छ जिल्लाहरूमा भइरहेको राहत र उद्धार कार्यमा निरन्तर निगरानी बढाउँनु भएको छ । स्थानीय प्रशासनका अधिकारीहरूलाई तल्लो क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न लागिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
हिमाचल प्रदेश र उत्तराखण्ड राज्यहरू बाढीबाट बढी प्रभावित छन् । आफ्नो पछिल्लो मौसम पूर्वानुमानमा भारतीय मौसम विज्ञान विभागले उत्तराखण्ड राज्यमा जुलाई १-५ सम्म मध्यम देखि धेरै भारी वर्षा हुने सम्भावना रहेको बताएको छ।
त्यस्तै उत्तराखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य नैनीतालमा अति भारी वर्षा हुने चेतावनी जारी गरिएको छ। हिमाचल प्रदेश राज्यका केही भागहरूमा पहिराले क्षति पुर्याएका विवरणहरू आइरहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया