अब फेसबुकबाट सिधै एप डाउनलोड गर्न सकिने
काठमाडौं । मेटा विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी हो। फेसबुकदेखि लिएर ह्वाट्सएप, इन्स्टाग्रामसम्म सबै यसको कब्जामा छ। सामाजिक सञ्जालमा दबदबा कायम गरेको मेटाले आफ्नै एप स्टोर बनाउने भएको छ ।
सन् २०२३ को अन्त्यबाट यो फिचर सुरु गर्ने योजना मेटाले बनाएको छ । यो सुविधा एक साथ सबै देशका प्रयोगकर्ताले उपभोग गर्न भने पाउने छैनन् । सुरुमा युरोपियन युनियन आबद्ध देश र त्यसपछि विस्तारै अन्य देशमा उपलब्ध हुने बताइएको छ ।
हाल गुगल र एप्पल मात्र एप स्टोर बजारमा हाबी छन्। युरोपेली युनियनले कानुन बनाएको छ र वैकल्पिक एप स्टोर पनि हुनुपर्ने बताएको छ।
मेटाको यो निर्णय प्रयोगकर्ताको हितमा भए पनि यसमा खतरा भने छ । फेसबुक प्लेटफर्ममार्फत खतरनाक र हानिकारक एप्स प्रयोगकर्ताको फोनमा आउने र त्यसले थप समस्या सिर्जना गर्ने खतरा छ ।
फेसबुकबाट डाउनलोड गरिएको एप अपडेट हुनको लागि प्ले स्टोरलाई बाइपास गर्न सक्षम हुनेछ र यो अन्य एपहरूको लागि पनि हुनेछ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया