अब फेसबुकबाट सिधै एप डाउनलोड गर्न सकिने
काठमाडौं । मेटा विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी हो। फेसबुकदेखि लिएर ह्वाट्सएप, इन्स्टाग्रामसम्म सबै यसको कब्जामा छ। सामाजिक सञ्जालमा दबदबा कायम गरेको मेटाले आफ्नै एप स्टोर बनाउने भएको छ ।
सन् २०२३ को अन्त्यबाट यो फिचर सुरु गर्ने योजना मेटाले बनाएको छ । यो सुविधा एक साथ सबै देशका प्रयोगकर्ताले उपभोग गर्न भने पाउने छैनन् । सुरुमा युरोपियन युनियन आबद्ध देश र त्यसपछि विस्तारै अन्य देशमा उपलब्ध हुने बताइएको छ ।
हाल गुगल र एप्पल मात्र एप स्टोर बजारमा हाबी छन्। युरोपेली युनियनले कानुन बनाएको छ र वैकल्पिक एप स्टोर पनि हुनुपर्ने बताएको छ।
मेटाको यो निर्णय प्रयोगकर्ताको हितमा भए पनि यसमा खतरा भने छ । फेसबुक प्लेटफर्ममार्फत खतरनाक र हानिकारक एप्स प्रयोगकर्ताको फोनमा आउने र त्यसले थप समस्या सिर्जना गर्ने खतरा छ ।
फेसबुकबाट डाउनलोड गरिएको एप अपडेट हुनको लागि प्ले स्टोरलाई बाइपास गर्न सक्षम हुनेछ र यो अन्य एपहरूको लागि पनि हुनेछ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया