युक्रेन संकटले खाद्यवस्तुको मूल्य थप वृद्धि हुने
लन्डन । विश्व व्यापार संगठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन संकटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दाबी गरेकी छन् ।
उनका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य संकट पनि बढ्ने खतरा देखिएको छ । खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य संकटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उनले बताइन् ।
‘यस बारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ, यसको असर विषेश गरेर गरिब मुलुकहरूमा बढी पर्दछ,’ उनले भने । खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य संकटका कारण ठूलो मानवीय क्षति समेत हुन सक्नेमा पनि उनले चिन्ता व्यक्त गरेकी छन् ।
विश्वका धेरै देशमा खाद्य संकटसँगै उर्जा संकट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उनको भनाइ छ । उर्जा संकटका रुपमा उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावलाई समेत संकेत गरेको जनाइएको छ ।
गार्जियनसँगको अन्तर्वार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै संकटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यस तर्फ विश्वको ध्यान जानु पर्नेमा जोड दिइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया