श्रीमतीलाई हौसला बढाउन बाजुरा लागे रवि लामिछाने
काठमाडौं । निकिता पौडेलको नेतृत्वमा सञ्चालन हुन लागेको नारी टेलिभिजन भोलिबाट शुभारम्भ हुने भएको छ ।
नेपालमा पहिलो पटक महिलाका मुद्दा र विषयलाई प्राथमिकतामा राखेर प्रसारण हुन लागेको टेलिभिजन बुधबार बाजुराबाट शुभारम्भ गर्न लागिएको हो ।
बाजुराको बूढीगंगा नगरपालिकाबाट भोलि नारी टेलिभिजनको नियमित प्रसारण सुरु हुन लागेको पौडेलले जानकारी दिइन् ।
नारी टेलिभिजनको शुभारम्भ गर्न निकिताका श्रीमानसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यसतर्फ प्रस्थान गरेका छन् । निकितालाई हौसला प्रदान गर्न आफू त्यसतर्फ लागेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
शुभारम्भ बाजुराबाट भए पनि यसको मुख्य कार्यालय भने काठमाडौंमा रहनेछ । महिला सशक्तीकरणका लागि टेलिभिजनले महिलाका विषय र मुद्दालाई प्राथमिकता दिएर सामग्री प्रसारण गर्ने जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया