अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट २० अर्ब रूपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं। बैंकिङ प्रणालीमा अधिकत तरलता भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ ।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १० दिनका लागि रिपो जारी गर्न लागेको हो । जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय असार २९ गतेलाई तोकिएको छ।
राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ।
रिभर्स रिपो के हो ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन (Mop up) गर्न प्रयोग हुने उपकरण ‘रिभर्स रिपो’ हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया