NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ८ गते

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट २० अर्ब रूपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं। बैंकिङ प्रणालीमा अधिकत तरलता भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ ।

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १० दिनका लागि रिपो जारी गर्न लागेको हो ।  जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय असार २९ गतेलाई तोकिएको छ।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ।

रिभर्स रिपो के हो ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन (Mop up) गर्न प्रयोग हुने उपकरण ‘रिभर्स रिपो’ हो ।

ताजा अपडेट

नेपालवाच विशेष