फिर्मिन्हो पनि लागे साउदीतिर
काठमाडौं । साउदी क्लब अल अहलीले रोबर्टो फिर्मिन्होलाई भित्राएको छ । अल अहलीले उनलाई तीन वर्षका लागि अनुबन्ध गरेको हो ।
यसअघि लिभरपुलमा आबद्ध फिर्मिन्हो गत सिजनमा सम्झौता सकिएपछि बजारमा निःशुल्क उपलब्ध थिए । लिभरपुलका लागि ३ सय ६२ खेल खेलेका उनले १११ गोल गरेका थिए ।
साउदी क्लबले धमाधम राम्रा खेलाडी भित्राइरेका छन् । विश्वकप समापन भएको केही समयपछि पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो साउदीको अल नासरमा अनुबन्धित भएका थिए । गत हप्ता मात्रै चेल्सीका गोलकिपर एडोर्ड मेन्डीलाई अनुबन्ध गरेका साउदी क्लबले एनगोलो कान्टे, कालिदो कौलीबली, करिम बेन्जिमा, रुबेन नेब्स, मार्सेलो ब्रोजोभिकलाई भित्राइसकेका छन् । खेलाडी मात्र नभएर प्रशिक्षक पनि साउदी क्लबतर्फ आकर्षित हुन थालेका छन् । यही सिलसिलामा लिभरपुलका पूर्व मिडफिल्डर स्टेभन जेरार्ड अल इतिफाकको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया