फार्के लिड्सको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौं । डेनियल फार्के लिड्स युनाईटेडको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
लिड्सले आगामी चार वर्षका लागि नर्विच सिटीका पूर्व प्रशिक्षकसमेत रहेका फार्केलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
फार्केले गत सिजनमा बोरुसिया मोन्चेनग्लाडवाच सम्हालेका थिए । तर उनले अपेक्षित नतिजा निकाल्न सकेनन् । क्लब १० औं स्थानमा सीमित भएपछि उनी बीचमै बर्खास्तगीमा परेका थिए ।
लिड्सलाई प्रिमियर लिगमा फर्काउनुपर्ने खाँचो अहिले छ । यो सन् २०२२–२०२३ को सिजनबाट घटुवामा परेको छ । यसलाई फार्केको मुख्य चुनौतीका रूपमा हेरिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया