दुर्घटनामा परे शाहरुख खान, नाकमा चोट
काठमाडाैं । बलिउड अभिनेता शाहरुख खानसँग जोडिएको एउटा खबर सार्वजनिक भएको छ । अमेरिकाको लस एन्जलसमा सुटिङका क्रममा उनी दुर्घटनामा परेका छन् ।
दुर्घटनामा उनको नाकमा चोट लागेको छ । दुर्घटना हुनेवित्तिकै उनलाई तत्काल अस्पताल लगिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको नाकको चोट गहिरो नभएको बताएका छन् । साथै डाक्टरहरूले आत्तिनुपर्ने कुनै अवस्था नभएको जानकारी दिएका छन् । अहिले उनी आफ्नो घर मन्नत फर्किसकेका छन् ।
शाहरुखको दुर्घटनाको खबर सार्वजनिक हुने बित्तिकै अभिनेताका सबै फ्यानहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया