एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।
राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरे ।
‘यहाँ व्यापार, विजनेश गर्ने हिसावले बसेको एउटा भारतीय नागरिकले यहाँ देशका नेताहरूसँग समन्वय गर्छ। भारतमा गएर दिल्लीमा पनि नेताहरूसँग समन्वय गर्छ र प्रधानमन्त्री बनाउँछ । त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनु भएको छ, उहाँले राजीनामा दिनु पर्छ’, उलने भने ।
एमालेको अवरोधपछि बैठक स्थगित भएको छ । सोमबार सरदार प्रीतम सिंहबारे लेखिएको किताब विमोचनमा प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।
संसद बैठकअघि एमालेले प्रचण्डको अभिव्यक्ति सार्वभौम संसद्को मर्यादाविपरीत रहेको निष्कर्ष निकाल्दै राजीनामा माग्ने निर्णय गरेको थियो । एमालेकै अवरोधका कारण प्रतिनिधिसभा बैठकसमेत बस्न सकेको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया