एसइई : बोर्ड बैठक बोलाइयो, सम्भवतः नतिजा आजै
काठमाडौं । एसइई परीक्षाको परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको छ । गत वर्ष चैतमा सञ्चालित परीक्षाको परीक्षाफल प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डले बैठक बोलाएको छ ।
एसइईको परीक्षाफल प्रकाशित गर्नेबारे छलफल गर्न बिहीबार दिउँसो बैठक बोलाइएको बोर्डले जनाएको छ ।
परीक्षाफल प्रकाशित गर्ने सम्पूर्ण तयारी पूरा भएपछि बैठक बसेर त्यसबारे निर्णय लिइने प्रचलन रहेकाले सम्भवतः आजै परीक्षाफल प्रकाशित हुने सम्भावना छ ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा नियमित र आंशिक गरी करिब ५ लाख परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस वर्ष पनि पुरानै ग्रेडिङ प्रणालीअनुसार परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया