सामान्य घट्यो सुनको मूल्य
काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० कायम भएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १५ रूपैयाँ घटेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३९५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया