अपर स्याङ्गेको आइपीओ बाँडफाँट, यी तरिकाबाट हेर्न सकिन्छ नतिजा
काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ५३ हजार ९ सय ५० जनाले १० कित्ताको दरले सेयर पाएका छन् । त्यस्तै २ हजार ३९९ जनाको आवेदन रद्द भएको छ ।
उक्त आइपीओमा कुल १२ लाख ४ सय ७६ जना आवेदकबाट कुल १ करोड २८ लाख २५ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ११ लाख ९८ हजार ७७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।
आइपीओको नतिजा हेर्नका लागि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/,सिडीएससीको मेरो शेयरको वेबसाइटhttps://meroshare.cdsc.com.np/#/login ,सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मा गएर हेर्न सक्नेछन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया