२३ निर्माण तथा आपूर्ति कम्पनीसँग सरकारले माग्यो लिखित स्पष्टीकरण
काठमाडौं । सरकारले २३ निर्माण तथा आपूर्ति कम्पनीसँग लिखित स्पष्टीकरण मागेको छ । विभिन्न सरकारी निकायबाट कबुलअनुसारको काम नगरेको गुनासोसहित कालोसूचीमा राखिदिन लिखित अनुरोध आएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले लिखित स्पष्टीकरण सोधेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायबाट लिखित रूपमा कालोसूचीमा राख्न आग्रह आएकाले कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोधिएको जनाएको छ ।
स्पष्टीकरण सोधिएकामा सिरुवा कन्स्ट्रक्सन प्रालिदेखि इको भिजिनरी प्रालिसम्म छन् । कबुलअनुसारको काम नगरेपछि दुई विदेशी कम्पनीमाथिसमेत कारबाही प्रक्रिया अघि बढेको छ । स्पष्टीकरण सोधिएको विदेशी कम्पनीमा एक भारत र अर्को सिंगापुरका छन् ।
सार्वजनिक खरिद नियमावली, २०६४ मा कुनै पनि निर्माण कम्पनी, फार्मलाई कालोसूचीमा राख्नुअघि स्पष्टीकरणको मौका दिनुपर्ने व्यवस्था छ । स्पष्टीकरण चित्तबुझ्दो नभएको अवस्थामा कार्यालयले कालोसूचीमा राख्न सक्छ । सोही व्यवस्थाअनुसार कार्यालयले स्पष्टीकरण सोधेको हो ।

ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया